Comments Add Comment

प्रदीप गिरीको टिप्पणीमा परराष्ट्रमन्त्रीको आपत्ति

Photo Credit : फाइल तस्वीर

२ भदौ, काठमाडौं । ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ’ भन्ने नेपाली कांग्रेस सांसद प्रदीप गिरीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

गिरीको अभिव्यक्ति सरकारलाई स्वीकार्य नहुने उनले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘उहाँले यस्तो बोल्नुभयो होला भनेर पत्याउन सकिन्न । भन्नुभएको भए हामीलाई अस्वीकार्य हुन्छ ।’

यो पनि पढ्नुहोस हिस्दुस्तानले सक्यो भने नेपाललाई सिक्किम बनाउँछ : प्रदिप गिरी

नेपाल सधैं अविभाज्य र स्वतन्त्र मुलुक भएको भन्दै उनले हल्ला टिप्पणी नगर्न नेताहरुलाई आग्रह गरेका छन् । नेपाल भारत सम्बन्ध सुमधुर भएको र दुई देशबीच उच्च स्तरमा समझदारी बनेको भन्दै मन्त्री ज्ञवालीले यस्ता टिप्पणी गर्दा सम्बन्धमा असर पर्छ भन्ने ख्याल गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कांग्रेस सांसद गिरीले नेताहरुमा कुटनीतिक ज्ञान कम भएको भन्दै ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, यो तथ्य हो । त्यस्तो बेला तपाई चाहिँ के गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment