Comments Add Comment

आईसीसी बरियतामा नेपाल यथावत

२ भदौं, काठमाडौं । एकदिवसीय र टी-२० क्रिकेट बरियतामा नेपाल यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज (सोमबार) सार्वजनिक गरेको विश्व बरियतामा नेपाल दुबै फर्म्याटमा स्थिर रहेको हो । एकदिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा छ भने टी-२० क्रिकेटमा ११औं स्थानमा छ ।

एकदिवसीय क्रिकेटमा नेपालभन्दा तल यूएई १६औं र पपुवा न्युगिनी १७औं स्थानमा छन् ।

एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने विश्वविजेता इंग्ल्यान्ड रहेको छ । त्यस्तै, दोस्रो स्थानमा भारत रहंदा तेस्रो स्थानमा भने न्युजिल्यान्ड रहेको छ ।

टी-२० बरियतामा भने नेपालभन्दा दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १४औं स्थानमा रहंदा आयारल्यान्ड १५औं स्थानमा छ ।

टी-२० क्रिकेटको शीर्ष स्थानमा भने पाकिस्तान छ । दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रो स्थानमा दक्षिण अफ्रिका र चौथो स्थानमा भारत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment