+
+
Shares

पुडासैनी आत्महत्या प्रकरणः सीआईबी टोली पनि चितवनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १९:५६

१ भदौ, काठमाडौं । नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली चितवन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान गरिरहेका बेला सीआईबीको टोली पनि पुगेको हो ।

प्रहरी महानिरीक्षक मातहत रहने सीआईबीले जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने गर्छ ।

सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मी नेतृत्वको टोली गएको छ । ब्युरोका एक अधिकृतले भने, ‘यो घटना संवेदनशील भएकाले टोली पठाइएको हो ।’

स्रोतका अनुसार, पुडासैनीको मोबाइलमा भिडियोसँगै थप केही ‘प्रमाण’ पनि भेटिएको छ, जुन विषयमा अनुसन्धान गर्न प्रहरीभित्र छलफल भएको थियो ।

पुडासैनीले आत्यहत्या गर्नुपूर्व खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि काठमाडौं र चितवन प्रहरीको टोलीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?