Comments Add Comment

पूर्वराजदूत झा हत्या प्रकरणः सुरक्षागार्ड तामाङ पुनः पक्राउ

१ भदौ, काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले पुनः सुरक्षागार्ड कान्छाराज तामाङलाई पक्राउ गरेको छ ।

उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए ।

तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी थिइन् ।

जाहेरीको आधारमा ज्यान मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट ७ दिन म्याद थप गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए ।

गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि तीनै जना छुटेका थिए ।

सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा भने शंका गर्नुपर्ने आधारहरु भेटिएको प्रहरीले दाबी गरेको थियो ।

यो पनि पढ्नुहोस बन्द कोठाभित्र कसले हान्यो पूर्वराजदूतलाई छुरी ?

झासँग तामाङको असन्तुष्टि

पारिवारिक स्रोतका अनुसार तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए । गेटनजिकै रहेको टहरोमा सुत्थे ।

स्रोतका अनुसार तामाङले तलबलाई लिएर केही समयदेखि असन्तुष्टि व्यक्त गरिरहेका थिए । ‘पहिले उसले मासिक १३ हजार पाउँदै आएको थियो’, स्रोतले भन्यो, ‘पछिल्लो समय दुई हजार बढाएर १५ हजार बनाइएको थियो ।’

तर, त्यतिमा पनि उनी सन्तुष्ट थिएनन् । खाना पकाउनेसँगै सुरक्षागार्डको पनि काम गर्नुपर्ने हुँदा उनले आफूलाई अन्याय गरिएको बताउने गरेका थिए । उनी यति ‘फ्रस्टेड’ भइसकेका थिए कि गाडी धुन लगाउँदा पैसा माग्ने गरेका थिए ।

घरमा आउने आफन्तसमक्ष पनि असन्तुष्टि राख्ने गरेको परिवारका एक सदस्य बताउँछन् । ‘कहिले घाँस काट्न लगाउँछन्, कहिले कपडा धुन लगाउँछन् । तर, पैसा चाहिँ दिँदैनन्’, तामाङको भनाइलाई स्मरण गर्दै एक आफन्त भन्छन् ।

झाको घरमा काम गर्नुअघि भारतमा पनि सेफको काम गरेको बताउने तामाङको श्रीमती र दुई छोरा छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी गाउँ पनौतीस्थित खोपासीमा बसिरहेका थिए ।

तर, उनीमाथि प्रहरीले निरन्तर निगरानी र अनुसन्धान गरिरहेको थियो ।

यो पनि पढ्नुहोस पूर्वराजदूत हत्या प्रकरण : शंकाको घेरामा सुरक्षागार्ड !

पूर्वराजदूत झाको हत्यापछि निवासमा देखिएका दृश्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment