Comments Add Comment

वीरगञ्जमा श्रृंखलावद्ध चोरी गर्ने युवक पक्राउ

२ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वाबाट प्रहरीले श्रृङ्खलावद्ध चोरीमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज–१० का ३१ वर्षीय प्रमोद साह रहेका छन् । वीरगञ्जको विभिन्न स्थानबाट चोरी गरी ल्याएका सामानहरु आफ्नै कोठमा लुकाइछिपाइ राखेको अवस्थामा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहले साउन १४ गते वीरगञ्ज महानगरपालिका–११ रानीघाट बस्ने मोहनप्रसाद सर्राफको सुनचाँदी पसलबाट चाँदीको औँठी, सिक्का, सीसी क्यामेरालगायतका सामाग्री चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै साउन २५ गते पोखरिया नगरपालिका–६ बस्ने जितेन्द्रप्रसाद यादवले वीरगञ्ज–९ मा सञ्चालन गरेको टेलरबाट तयारी एवं सुटका कपडा चोरी गरेको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानबाट साहले चोरी गरी राखेको अवस्थामा मोवाइल, घडी, आइरन लगायतका विद्युतीय सामाग्री पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment