Comments Add Comment

‘हेलो नेपाल’को लाइसेन्स खारेज

२ भदौ, काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो दूरसञ्चार कम्पनी अजेयराज सुमार्गी स्वामित्वको हो । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।

बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको हो । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।
भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्र्याता तिरेन ।

प्राधिरकणको बोर्ड बैठकको निर्णय अनुसार कम्पनीको अनुमतिपत्र खारेज गरिएको प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले जानकारी दिए । उनले कम्पनीलाई लाइसेन्स खारेज भएको जानकारीसहितको पत्र पठाइसकिएको बताए ।

यो कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवको लाइसेन्स पाएको थियो ।

अब कम्पनीले सरकारसमक्ष ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ ।

यो कम्पनीले प्राधिरकणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फि्रक्वेन्सी पाएको छ । यो कम्पनी अहिलेसम्म तोकिएको शर्त पुरा गरेर शहरी क्षत्रेसम्म आईपुगेको छैन ।

प्राधिकरणले गत चैतमासंसदीय समितिको निर्देशनअनुसार बक्यौता तिर्न भन्दै सबै दूरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्मको समयसीमा दिएको थियो ।

तर, असारभित्र पनि कम्पनीले बक्यौता नबुझाएपछि साउन ६ गते स्पष्टीकरण सोधेको थियो । कम्पनीले भने जवाफमा काठमाडौंमा सेवा विस्तार गर्न दिइए मात्रै बक्यौता तिर्न सकिने जवाफ फर्काएको थियो ।
गत साउन १८ मा प्राधिकरणको बोर्ड बैठकले अन्तिम पटकका लागि १५ दिने समयसीमा दिएको थियो , तर, भदौ १ गतेसम्म पनि कम्पनीले बक्यौतको किस्तासम्म नबुझाएपछि लाइसेन्स खारेज भएको हो ।

प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स समेत पनि खारेज भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment