+
+

देवीदेवताको भेषमा नीलबाराही नाच (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ भदौ ३ गते २१:३०

३ भदौ, काठमाडौं । भक्तपुरको बोडेमा चार दिन चार रात मनाइने नीलबाराही नाच मंगलबार सकिएको  छ ।

चार दिनअघि मध्यरातमा सुरु भएको नीलबाराही नाच बोडेको नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै नारायणथानमै पुगी समापन गरिन्‍छ । नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्ने यकिन प्रमाण छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको मानिन्छ ।

यो नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, द्वारपाल २ र गणेश ४ गरी १९ जना देवी देवताको भेषमा सहभागी हुन्छन् । ती देवगणहरूले घरबाट निस्केदेखि खाना खानु र बोल्नु हुँदैन भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?