Comments Add Comment

जेलमा रहेका यौनदूराचारी क्याथोलिक गुरुको अपिल खारेज

४ भदौ, काठमाडौं । बाल यौनदूराचारीको दाग पखाल्ने क्याथोलिक चर्चका सर्वोच्च पादरी कार्डिनल जर्ज पेलको प्रयत्न असफल भएको छ । यसअघि अदालतले बाल यौनदूराचारी भन्दै सुनाएको फैसलाविरुद्ध पुनः अदालत गएका उनको अपिल अदालतले खारेज गरिदिएको हो ।

पेलमाथि सन् १९९० मा मेलवर्न क्याथड्रलका दुई बालकहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । यो अभियोगमा उनलाई दोषी ठहर गर्दै गत मार्चमा अदालतबाट ६ वर्षको जेल सजाय सुनाइएको थियो ।

न्यायाधीशहरुको टोलीले गत डिसेम्बरमा सर्वसम्मत रूपमा १३ वर्षीय एक किशोरलाई सेन्टप्याट्रिक्सको क्याथड्रमा पेलले यौन दुर्व्यवहार गरेको फैसला गरेको थियो । त्यस्तै, अर्का बालकलाई पनि उनले उसैगरी यौन दुर्व्यवहार गरेको फैसला सुनाइएको थियो ।

तर, पेलले उक्त फैसला इन्कार गरेका थिए । आफूमाथि अन्यायपूर्ण फैसला भएको उनको जिकिर थियो । यही दाबीका साथ उनी पुनः अदालत गएका थिए । यद्यपि, अस्ट्रेलियाको भिक्टोरिया कोर्ट अफ अपिलले यसअघिको फैसलालाई नै निरन्तरता दिँदै उनको अपिल खारेज गरिदिएको छ । ३ न्यायाधीशको प्यानलमा उनको अपिल २-१ ले खारेज भएको बीबीसीले लेखेको छ । योसँगै यौनदूराचारीको दाग मेटाउने उनको प्रयत्न विफल भएको छ ।

पूर्व भ्याटिकन ट्रेजरसमेत रहेका ७८ वर्षीय पेल यतिबेला जेलमा छन् । उनी प्यारोलको सुविधा उपयोग गरेर सन् २०२२ मा मात्रै जेलमुक्त हुन सक्नेछन् । प्यारोल जेलमा रहेका कैदीको चालनचलन सुध्रेमा कैद भुक्तान हुनुअगावै मुक्त गर्ने अनुमति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment