६ भदौ, काठमाडौं । कोष्टारिका तथा रियल मड्रिडका गोलकिपर केयलर नाभास फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान तयार भएका छन् ।
पछिल्लो समयमामा स्पेनिस क्लब रियल मड्रिडमा नाभास दोस्रो नम्बरको गोलकिपरको रुपमा रहंदै आएका छन् । विशेषगरी मुख्य प्रशिक्षक जिनेदिन जिदानसँग राम्रो सम्बन्ध नभएका कारण उनी बेन्चमै बस्दै आएका छन् ।
रियल मड्रिड पहिलो रोजाईमा पर्दै थिबाउट कार्टोइसले खेल्दै आउँदा नाभास भने बेन्चमै बस्नु पर्ने बाध्यता बन्दै आएको छ । प्रशिक्षक जिदानले पनि यो सिजनका लागि कार्टोइस नै पहिलो रोजाईका गोलकिपर भएको बताउँदै आएका छन् ।
सन् २०१४ मा रियल मड्रिड आएका नाभासले लामो समय रियललाई उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
यता, पीएसजी पनि नयाँ गोलकिपरको खोजिमा छ । गोलकिपर जियानलुइगी बुफनले पीएसजी छाड्दै युभेन्टस गएपछि नयाँ गोलकिपरको खोजिमा रहेको हो ।
नाभासलाई भित्र्याउन पीएसजीले निकै कसरत गरिरहेको छ । तर नाभासलाई बेच्न रियलले २० मिलियन युरोको माग गरेको छ ।
प्रतिक्रिया 4