+
+

‘पासवर्ड’मा मुर्ती चोरीको कथा, अनुप र विक्रमको टक्कर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १०:५४

भदौको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रले विशेषगरि, नेपालबाट हराएको बहुमुल्य मुर्तीको कथालाई उठाएको छ । चलचित्रको अधिकांश दृश्यको छायांकन बेलायतमा गरिएको छ ।

चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ लगायतको अभिनय छ । चलचित्रको एक गीतमा नायिका सन्नी लियोनीले नृत्य गरेकी छिन् ।

एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, अमरजीत सिंहको छायांकन, सौरभ लामाको डीओपी छ । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा महेद दवाडी र बस्नेतको पटकथा, सिमा गुरुङको कथा छ ।

अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी छ । चलचित्रको ट्रेलरमा अनुपलाई खलपात्रको रुपमा देखाइएको छ । अनुप र विक्रमको टकराव चलचित्रमा हेर्दा रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?