Comments Add Comment

क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

८ भदौ, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले आगामी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् ।

थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिमले धनगढीमा आयोजिना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो जानकारी गराएका हुन् ।

उनले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सच्चा कम्युनिष्ट पार्टी नभएको जिकिर गरे ।

विप्लव समूहलाई प्रतिवन्ध लगाएर गलत गरेको बताउँदै महासचिव बैद्यले विप्लवले गरिरहेको राजनीति समेत गलत भएको बताए । नेता वैद्यले विप्लव निकट नेकपासंग पार्टी एकताको विषयमा छलफल भए पनि तत्काल सम्भव नरहेको बताए । उनले कैलाली, कञ्चनपुरसहित बाके, बर्दीया र दाङ सम्मको क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment