Comments Add Comment

‘पोइ पर्‍यो काले’को शीर्ष गीतमा सौगात र आकाशसँग पूजा–श्रृष्टीको छमछमी

बालाजुमा रहेको, चलचित्र विकास कम्पनीको खुम्चिएको जग्गा । सोही जग्गामा टिनले बारेर बनाइएको एउटा स्टूडियो । सोही स्टूडियो भित्र भव्य सेट लगाएर चलचित्र ‘पोइ पर्‍यो काले’को शीर्ष गीतको छायाँकन भइरहेको थियो । चलचित्रको शीर्ष गीतमा मुख्य कलाकार सबैलाई स्थान दिइएको छ । नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काइरहेका थिए ।

गीतको सुटिङको भिडियो यहाँ हेर्नुहोस्ः

कोरियोग्राफर रामजी लामिछाने कलाकारलाई डान्स स्टेप सिकाउन व्यस्त देखिन्थे । छायाँकार शिव ढकाल आकर्षक सेट र कलाकारलाई क्यामेरामा कैद गर्न तल्लिन रहेका थिए । शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।

चलचित्रको शीर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ । कात्तिक ८ गतेबाट रिलिज हुने चलचित्रका लागि कलाकारले खुबै मिहिनेत गरिरहेका थिए । नायिका पूजा शर्माले यो गीत चलचित्र भित्र एउटा पुजामा घन्किने गीत रहेको सुनाइन् । तर, चलचित्रमा उनले आफ्नो ‘पोइ’ भने को हुन् भनेर खुलाउन चाहिनन् ।

नायक सौगात मल्लले पनि चलचित्रलाई कमेडी कथामा निर्माण भएको बताए । तर, चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायक आकाश श्रेष्ठले राम्रो कथा र राम्रो टिमका कारण छायाँकन सकिएको पत्तो नै नभएको बताए ।

नायिका श्रृष्टी श्रेष्ठ चलचित्रमा पूजाको साथीको भूमिकामा छिन् । उनले, चलचित्रको पूरा अवधि आफू नदेखिए पनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरिन् । चलचित्रका निर्देशक राणा र प्रस्तुतकर्ता नेपाली कथावस्तु, टिम बलियो भएकाले ढुक्क छन् । यसैले दिल खोलेर लगानी गरेको किरण बताउँछन् ।

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment