+

नेपाली यू–१९ टिम एसएससीसँग पराजित

२०७६ भदौ  १० गते १९:०२ २०७६ भदौ १० गते १९:०२
नेपाली यू–१९ टिम एसएससीसँग पराजित

१० भदौ, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिम अभ्यास खेलमा श्रीलंकाको एसएससी यू–२३ क्रिकेट टिम सँग तीन विकेटले पराजित भएको छ ।

श्रीलंकामा मंगलबार भएको खेलमा नेपाली युवा टिम अन्तिम ओभरमा पराजित हुन पुगेको हो । २४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एसएससीले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा २४० रन बनाएपछि एसएससी यू–२३ क्रिकेट टिमले २४१ रनको चुनौती पाएको थियो ।

नेपालका लागि आशिफ शेखले ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ठूलो स्कोर बनाएको हो । त्यस्तै, सन्दीप जोराले ३३, रित गौतमले ३१ र पवन सर्राफले ३० रनको योदान दिए ।

श्रीलंकामा यहि भदौ १९ गतेदेखि एसीसी यू–१९ एसिया कप सुरु हुदैछ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय