Comments Add Comment

साफ यू-१५ च्याम्पियनसिप : भुटानलाई पराजित गरे नेपाल फाइनलमा

११ भदौ, काठमाडौं । साफ यू-१५ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो अन्तिम खेल भोलि भुटानसँग खेल्दैछ ।

भारतको कल्याणी रंगशालामा भोलि (बिहीबार) नेपालले १२ बजेर १५ मिनेटमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । फाइनलमा प्रवेश गर्नका लागि नेपालले भुटानलाई पराजित गर्नै पर्ने हुन्छ ।

राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अहिले दोस्रो स्थानमा छ । तीन खेलबाट ६ अंक बनाएको नेपालले मंगलबार भएको आफ्नो महत्वपूर्ण खेलमा बंगलादेशलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा भने भारतसँग पराजय भोगेको थियो । तर दोस्रो खेलमा भने श्रीलंकालाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको थियो ।

अंक तालिकाको शीर्ष स्थानमा भने भारत रहेको छ । भारतले तीन खेलमा शतप्रतिशत जित हात पार्दै ९ अंक बनाएको छ । भारतले अन्तिम खेलमा भोलि नै बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताबाट श्रीलंका र भुटानभने बाहिरी सकेको छ । बंगलादेशको झिनो सम्भावना रहेपनि भारतलाई फराकिलो गोलअन्तरले पराजित गर्नु पर्ने अवस्था रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment