Comments Add Comment

१४ अक्टुबरसम्म बेलायतको संसद निलम्बित

३१ अक्टुबरमा सम्झौताविना बेलायत ईयूबाट बाहिरिने

१२ भदौ, काठमाडौं । बेलायतको संसद निलम्बन गर्ने सरकारको निर्णयलाई महारानी एलिजाबेथले स्वीकृत गरेकी छिन् ।  प्रधानमन्त्री बोरिस जोन्सनले आगामी १४ अक्टुबरसम्म संसद निलम्बन गर्ने निर्णय गर्दै त्यसको स्वीकृतिका लागि महारानीसमक्ष पेश गरेका थिए ।

महारानीले स्वीकृति दिएकाले अब सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि ३१ अक्टुबरमा विनाकुनै सम्झौता बेलायत युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ । संसद निलम्बन हुने भएकाले त्यसबारे संसदमा कुनै किसिमको बहस हुने छैन । विनासम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्नेलगायतका विधेयकहरु अब निष्कृय हुनेछन् ।

प्रधानमन्त्रीको आलोचना

विनाकुनै सम्झौता ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले आलोचना गरेका छन् ।

सत्ताधारी टोरी पार्टीले समेत सरकारको यो कदमलाई अपमानजनक भनेको छ । संसद निलम्बनको निर्णयले जोनसन नेतृत्वको सरकार खस्किने चेतावनी दिएका छन् ।

तल्लो सदन हाउस अफ कमन्सका सभामुखले समेत सांसदहरुलाई ब्रेक्जिटबारे बहस गर्न नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ब्रेक्जिटबारे पर्याप्त छलफल र बहस गर्ने समयसमेत अभाव हुने आलोचकहरुको भनाइ छ । तर जोनसनले त्यसलाई नकार्दै भनेका छन्- संसद भंग भएपछि १४ अक्टुबरमा महारानीको सम्बोधन हुने छ, जसमा एक रोमान्चक एजेण्डाको रुपरेखा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment