Comments Add Comment

नेपालद्वारा श्रीलंकाली क्लबलाई १६५ रनको लक्ष्य

१२ भदौ, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया क्लबलाई जितको लागि १६५ रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टिमले ४०.५ ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाउँदा पानी परेपछि खेल स्थगित भएको थियो । तर पानी पुनः रोकिएपछि खेल सञ्चालन भएको थियो । नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाएको थियो ।

ढिलोगरी सुरु भएको खेलको दोस्रो पारी डकवर्थ लेविस (डिएल) मेथोडको आधारमा ३५ ओभरमा छोट्याइएको हो । ३५ ओभरमा झारेसँगै बादुरेलियाले नयाँ लक्ष्यसहित १६५ रनको चुनौती पाएको हो ।

नेपालका लागि रित गौतमले ७६ रन बनाए । त्यस्तै, हरिबहादुर चौहानले ५६ र सन्दीप जोराले २४ रन बनाए ।

श्रीलंकामा यही भदौ १९ गतेदेखि एसीसी यू–१९ एसिया कप सुरु हुदैछ । नेपालले यही प्रतियोगिताको लागि तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment