Comments Add Comment

च्याम्पियन्स लिग ड्रः रियल मड्रिड र पीएसजी एउटै समूहमा

काठमाडौं । च्याम्पियन्स लिगमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन एउटै समूहमा परेको छ । बिहीबार राति भएको ड्रमा रियल र पीएसजीसँगै गालाटासरे र क्लब बर्ग समूह एमा परेका छन् ।

समूह बीमा गत सिजनको उपविजेता टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिखसँगै ओलम्पिकास र स्पेज्गा छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी, शाख्तर डोनेस्क, डिनामा जाग्रेब र एटलान्टा समूह सीमा छन् ।

युभेन्टस, एथ्लेटिको मड्रिड, लिभरकुसन र मोस्क्वा समूह डीमा परेका छन् ।

डिफेण्डिङ च्याम्पियन लिभरपुल समूह ईमा परेको छ, जसमा नापोली, सेल्जबर्ग र जिंक छन् । समूह एफमा बार्सिलोना, बोरुसिया डर्टमुन्ड, इन्टर मिलान र पार्माका छन् भने समूह जीमा जेनिट, बेन्फिका, लियोन र लिपजिङ तथा समूह एचमा चेल्सी, अयाक्स, भ्यालेन्सिया र एलओएससी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment