+

विश्वकप छनोट खेल्ने टोलीमा परेनन् विराज महर्जन

२०७६ भदौ  १२ गते १४:०१ २०७६ भदौ १२ गते १४:०१
विश्वकप छनोट खेल्ने टोलीमा परेनन् विराज महर्जन

१२ भदौ, काठमाडौं । राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन विश्वकप २०२२ को छनोट अन्तगर्त कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने नेपाली टोलीमा पर्न असफल भएका छन् ।

उनले जोहर दारुलविरुद्धको मैत्रिपूर्ण खेल पनि गुमाएका थिए । मैत्रिपूर्ण खेलमा नरहेका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द टिममा फर्किएका छन् ।

तर बिहीबार घोषित २३ सदस्यीय टोलीमा परेनन् । मुख्य प्रशिक्षक योहान कालिनले बनाएको टोलीमा एलन न्यौपाने र विमल राना पनि परेनन् । अरु सदस्य भने मलेसिया च्याम्पियनविरुद्ध मैत्रिपूर्ण खेल खेल्ने टोलीमा रहेकाहरु नै छन् ।

नेपालले कुबेतसँग भदौ १९ मा उसकै घरेलु मैदानमा खेल्नेछ । चाइनिज ताइपेसँग भने सेप्टेम्बर २४ भदौमा खेल्नेछ । यो खेल चाइनिज ताइपकै घरेलु मैदानमा हुनेछ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर :  सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय