१५ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन् ।
उनले १० हजार अमेरिकी डलर बेस प्राइस राखेर नाम दर्ता गराएका थिए । उनलाई कुनै पनि टिमले अक्सनमा बिड लगाएनन् ।
दीपेन्द्र यसअघि दुई सिजन गल्फ जायन्ट्सको टोलीमा अनुबन्ध भएका थिए ।
यद्यपी उनले कुनै पनि खेल खेल्ने अवसर भने पाएनन् ।
प्रतिक्रिया 4