+
+
Shares

नाडामा झुल्किइन् शृङ्खला, कुन हो उनलाई मन पर्ने गाडी ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १६:५२

१२ भदौं, काठमाडौं । सवारीसाधनहरुको बृहत् प्रदर्शनी नाडा अटो शो भृकुटीमण्डमा चलिरहँदा बिहीबार बिहान एक चिरपरिचित सुन्दरीले आगन्तुकको ध्यानाकर्षण गरिन् । उनी थिइन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा ।

प्रदर्शनी शुरु भएको तेस्रो दिनमा आगन्तुकहरुको भीड बाक्लो थियो । विभिन्न कम्पनीका स्टलहरुमा नयाँ गाडीसँगै मोडलहरु पनि थिए । श्रृंखला चाहिँ महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको स्टलमा भेटिइन् । त्यसैले अरु स्टलको तुलनामा यसमा बढि भिडभाड थियो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा श्रृंखलाले महिन्द्राको गाडी आफ्नो रोजाईमा परेको मात्र बताइनन् अरुलाई पनि यो गाडी चढ्न सिफारिस गरिन् ।

नगरुन् पनि किन ? उनी महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपकी ब्रान्ड एम्बेसडर समेत हुन् ।

‘धेरै हिसाबले महिन्द्राको लागि सर्वसाधारणको लागि उपयुक्त छ,’ विज्ञापनकै भाषामा उनले भनिन्, ‘यो आम मानिसहरुको विश्वास जितिसकेको ब्राण्ड पनि हो ।’

उनले महिन्द्राका धेरै फिचर्स पनि सुनाइन् ।

‘प्रयोगकर्ताका हिसाबले भन्नुपर्दा म जस्तो इलेक्ट्रिक चढ्न खोज्नेहरुका लागि पनि गाडी छ, अफरोड चढ्न चाहनेहरुका लागि पनि छ, लक्जरी मन पराउनेहरुका लागि एक्यूभी ३०० आइसक्यो’ उनले भनिन्, ‘ट्राक्टरदेखि सबै किसिमका गाडीहरु छन्, जसले जस्तो चाह्यो चढ्न सक्नुहुन्छ ।’

नेपालको सबै प्रदेशमा ५० वटा बढी सर्भिस सेन्टरहरु भएको भन्दै कतै टाढा जाँदा पार्ट्सहरु सहजै पाउने सकिने उनले उल्लेख गरिन् । सबै ठाउँमा पार्ट्सहरु पाइने हुँदा टाढा–टाढा जाँदा पनि कुनै समस्या नहुने उनको भनाइ थियो ।

पार्टसहरुको मूल्य पनि अन्यको ब्राण्डहरुको तुलनामा सस्तो भएको भन्दै उनले महिन्द्रा नै रोज्न सुझावसमेत दिइन् । सन् २०१८ की मिस नेपाल खतिवडा महिन्द्राकै इलेक्ट्रिक भेइकल चड्छिन् ।

महिन्द्राले यस वर्ष ल्याएको एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साइज एसयूभी हो ।
भिडियो र तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?