Comments Add Comment

एक सय ४६ यात्रुसहित जापान पुग्यो नेपाल एयरलाइन्सको विमान

Photo Credit : तस्वीर सौजन्य : चन्द्र रिजाल

१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ४६ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ९७ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधिको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका छन् ।

ए ३३०–२०० जहाजको यो पहिलो लामो दुरीको उडान हो । बिहीबार बिहान २ः३० मा राखिएको निगमको जहाज २ः३९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यो जहाज २ सय ७४ सिट क्षमताको हो । जापानबाट फर्कने ७० सिट पक्का भइसकेको निगमको भनाइ छ । जहाज वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा उडेको हो । फर्कदा भने विजय लामाले कमाण्ड गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment