Comments Add Comment

भान डाइक बने युरोपका उत्कृष्ट फुटबलर

काठमाडौं । लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक युरोपको उत्कृष्ट फुटबलर बनेका छन् । उनले बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि सिजनको उपाधि जितेका छन् ।

गत सिजन टोटनह्यामलाई २-० ले हराउँदै लिभरपुलले च्याम्पियन्स लिग जित्दा उनको उत्कृष्ट प्रदर्शन थियो ।

अवार्ड जितेसँगै भान डाइकले सबै टिममेटलाई धन्यवाद दिएका छन् । उनले भने, उनीहरुबीच यो उपलब्धी सम्भव थिएन । यो अवार्ड पाउँदा खुसी छु ।’

महिलातर्फ इंग्ल्याण्डकी लुसी ब्रोज्जले यो अवार्ड जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment