Comments Add Comment

खगेन्द्रको ‘पानी फोटो’को छायांकन सुरु

कलाकार खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘पानी फोटो’को शुभसाइतसँगै छायांकन सुरु गरिएको छ । काठमाण्डौको बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । शुभसाइत समारोहमा कलाकारहरु खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान लगायत उपस्थित थिए ।

आफैले लेखेको नाटकलाई खगेन्द्रले चलचित्रको रुप दिन लागेका हुन् । यो चलचित्रको छायांकन एक दिन काठमाण्डौमा हुनेछ । बाँकी छायांकन स्याङ्जामा हुनेछ । खगेन्द्रले यो कथालाई ठूलो बर्गमा पुर्याउन चाहेको सुनाए । टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।

रोजिना सिटौला र रविन्द्र बज्रचार्य चलचित्रका लगानीकर्ता हुन् । दिपक बज्रचार्यले खिच्ने चलचित्रमा निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रमा खगेन्द्रको साथमा सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिर, बुद्दि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, प्रकाश घिमिरे, श्यामकुमार खड्काको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment