Comments Add Comment

गाडीलाई सँधै कन्डिसनमा राख्न के गर्ने ? के नगर्ने ?

१४ भदौ, काठमाडौं । नेपालमा निजी सवारी साधनको मूल्य विदेशको भन्दा निकै उच्च छ । गाडी किन्ने कुरा घर-जग्गा जोड्नुजत्तिकै मुस्किल बनेको छ ।

अर्कोतर्फ धेरैजसो सडकको अवस्था भने दयनीय छ । राजमार्ग मात्रै हैन, शहरी सडकहरु पनि सवारीमैत्री छैनन् । सबैले ‘अफरोड’ मा जानसक्ने विशेषता भएका महंगा सवारी जोड्न पनि सक्दैनन् । यसले गर्दा गाडी किनिसिकेपछि त्यसलाई सही ‘कन्डिसन’मा राख्न मुस्किल पर्ने गरेको छ ।

कतिपय प्रयोगकर्ताले गाडीको उपयोग पनि सही ढंगले गर्दैनन्, कतिपयले जान्दैनन् पनि । त्यसैले लाखौं खर्च गरेर किनेको गाडी एक-दुई वर्ष नपुग्दै थोत्रिन थाल्छन् । पानीले पखालेपछि र देख्दा सफा भएपछि पुगिहाल्छ भन्ने मान्यता छ ।

तर, उचित मर्मतसम्भार नहुँदा गाडी बारम्बार बिग्रने र खर्च पनि बढ्दै जाने हुन्छ । त्यसो भए गाडीलाई कसरी जतन गर्ने त ? यसबारे केही टिप्स उपयोगी हुन सक्छन् ः

गाडीबारे पूरा जानकारी

अहिले कुन ब्रान्डका कुन कार, कस्ता छन् भन्ने थाहा पाउन धेरै गाह्रो छैन । इन्टरनेटमा नै कुन ब्रान्डको कुन गाडीमा कस्ता कमजोरी र समस्या हुन्छन् भन्ने समाचार तथा जानकारी रिभ्यूका रुपमा आइसकेको हुन्छ ।

पछिल्लो समयमा आफूले किन्ने योजना बनाएको कारका बारेमा ग्राहकले केही रिसर्च गरेर आउने प्रचलन बढ्दो छ । यो जरुरी पनि हुन्छ ।

त्योबाहेक गाडीको मास प्रोडक्सन हुने भएकाले कुनैमा केही ‘म्यानुˆयाक्चर डिफेक्ट’ आउँदैन भन्ने हुँदैन । त्यस्तो कुरामा गाडी किन्नुअघि नै सचेत रहनुपर्छ । त्यस्ता डिफेक्ट आउँदा कम्पनीले रि-कल गरेका उदाहरण छन् ।

त्यसैले आफूले किनेको गाडीको बारेमा केही रिसर्च गर्नु ग्राहकको बुद्धिमानी हुन्छ । न्युजपोर्टल र अटो पोर्टलहरुमा चाहिए जति जानकारी राखिएका हुन्छन् । मात्रै उपभोक्ता यसमा सचेत रहनुपपर्छ ।

अहिले धेरैले गाडी किन्दा आˆनो प्रयोजन नै छुट्याउँदैनन् । आफूलाई यो गाडी अधिकतम् प्रयोग कुन कामका लागि गर्ने भन्नेमा सचेत नरहने प्रवृत्ति देखिएको छ ।

विशेषगरी अरुको भन्दा राम्रो कार किन्ने होडमा आˆनो प्रयोजन ख्याल नगर्दा लगानी मात्रै ठूलो हुने तर, प्रयोग भने कम हुने अवस्था आउँछ । जस्तो कोही-कोहीले फोर ह्वील जीप किनेर लैजान्छन् । तर, चलाउन थालेको ५ वर्षपछि यो फोर ह्वील ड्राइभको बटन चाँही कता हुन्छ भनेर सोध्ने गरेको बिक्रेताहरु बताउँछन् ।

धेरै ग्राहकले आˆनो अवश्यकता हेर्ने भन्दा पनि महंगोमै बढी विश्वास गर्ने देखिन्छ । त्यसो होइन । सस्तो र महंगो भन्दा पनि गाडी कुन प्रयोजनका लागि हो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

महंगो किन्दा मात्रै होइन, सस्तो खोज्दा प्रयोजनमा विचार गर्नुपर्छ । प्रयोजन अनुसारको गाडी नकिन्दा त्यसले समस्या पनि ल्याउन सक्छ ।

कसैलाई दैनिक ५० किलोमिटर यात्रा गर्नुपर्छ भने उसले राम्रो माइलेज दिने गाडी छान्ने हो । त्यसैले मेरो आवश्यक्ता के हो भन्ने कुरामा ध्यान दिएर गाडी किने त्यसको सदुपयोग हुन्छ ।

आफ्नो गाडी कस्तो विशेषतासहितको हो भन्ने पनि राम्रो जानकारी राख्नुपर्छ । गाडी किनेर गाडीका सबैखालका विशेषता नजान्दा पनि गाडीको उपयोग गर्ने तरिका नपुग्दा समस्या आउन सक्छ ।

गाडीलाई प्रेम

नेपालमा गाडीलाई इज्जतसँग जोडिन्छ । त्यसैले यहाँ अधिकांशले गाडीलाई माया गर्छन् । त्यो निकै आवश्यक पनि छ । गाडीलाई आवश्यक स्याहार भएन भने विभिन्न समस्या आउँछन् ।

ठूलो लगानी गरेर किनिएको साधन भएकाले त्यसलाई उचित स्यहारको अवश्यकता पर्छ । त्यसको नियमित सफाइ र मर्मतसम्भारका लागि झन्झट नमान्नुस् । तपाईंले गाडीलाई इज्जत दिए मात्रै तपाईंको इज्जत यसले राख्छ । त्यसैले यसलाई चलाउँदा होस् वा नचलाउँदा यसको उचित संरक्षणको योजना तयार राख्नुस् र त्यसैअनुसार स्याहार गर्नुस् ।

यो नबिर्सिनुस् कि यो यान्त्रिक साधन हो । यसलाई चुस्तदुरुस्त राख्दा तपाईंको यात्रा पनि सुरक्षित रहन्छ । त्यसैले गाडीलाई दिनुपर्ने माया र स्याहारमा कमी हुन नदिनुस् ।

गाडीको ‘स्वास्थ्य’

काठमाडौंसहित देशभरको सडकहरुको अवस्था ठीक छैन । हिलो र धुलो यहाँका लागि सामान्य जस्तो बनेको छ । नबिर्सनुस् कि गाडी भनेको हावा र तेलको मिश्रणले चल्ने साधन हो । त्यसैले एयर इन्टेक कस्तो अवस्थामा छ भन्नेमा ध्यान दिनुपर्छ । हामीले सास लिएकोजस्तै गाडीले पनि लिएको हुन्छ ।

त्यसैले तपाईंले ड्राइभ गरेको ठाउँको वातावरण कस्तो छ ? प्रदुषित वातावरणमा उसले पनि त्यही प्रदुषित हावा लिन्छ । त्यसैले खराब कन्डिसनमा ड्राइभ गरिएको छ भने त्यसै अनुसार केयर गर्नुपर्छ । गाडीको एयरफिल्टरलाई सफा राख्नुपर्छ ।

बाहिरको हिलो धुलो पनि अर्को पाटो हो । हिलो धुलोले गाडीलाई फोहोर त देखाउँछ नै । सँगै त्यसले पर्फमेन्समा पनि फरक पार्छ । गाडीलाई सफा र चिटिक्क राख्न त सबैले प्रयास गरेका हुन्छन् । तर, चक्कामा धेरै हिलो भयो भने माइलेज कम दिने समस्या हुन्छ ।

त्यसले वेट बढाउँछ । ग्रीपमा समस्या पर्छ । आकर्षण फितलो हुन्छ । एयर इन्टेक कस्तो छ भन्नेमा ध्यान दिनुपर्छ । यो नियमित मर्मतसम्भार भन्दा फरक पाटो हो । किनभने प्रदुषित वातावरणमा यस्ता समस्या कम हुन्छन् ।

तर, हाम्रो बाटो र वातावरणको कन्डिसनले यि कुरामा विशेष ख्याल राख्न जरुरी बनाएको छ । यो पक्षलाई हेर्ने कुरा त्यस ठाउँको वातावरणसँग निर्भर हुन्छ ।

सँगै बाहिर खुलारुपमा बेचिएका मिसावटयुक्त तेल नहाल्दा राम्रो हुन्छ । त्यसले इञ्जिनलाई खराब गर्न सक्छ । त्यसैले आवरणमा मात्रै होइन, गाडीको मेसिनरी पार्टपूर्जासम्मलाई सफा राख्नुस र स्वस्थ राख्नुस ।

पखाल्ने पानीको गुणस्तर

केही मान्छेहरु आˆनो गाडीलाई राम्रो देखाउन दैनिक गाडी ‘वास’ गरिरहनुहुन्छ । तर, अहिले काठमाडौंको पानी हेर्नुभयो भने यसमा निकै ‘आइरन रिच’ छ । वैज्ञानिक हिसावमा भन्दा यस्तो पानी गाडी धुनयोग्य मानिदैन ।

जस्तो कि तपाईंको सेतो गाडी छ, अब दिनदिनै त्यस्तो पानीले पखाल्नुभयो भने केही समयमै गाडी पहँेलो जस्तो भएर जान्छ । सफा गर्न प्रयोग गरेको पानीले तपाईंको गाडी झनै बिगार्ने खतरा हुन्छ । गाडीमा मेटालिक कलरहरु प्रयोग हुन्छन् । त्यसैले पनि यस्ता पानीबाट गाडीलाई टाढा राखेकै बेस हुन्छ ।

यो समस्या समाधानका लागि धेरै वासिङ सेन्टरहरुले एन्टी आइरन भएको र टि्रटमेन्ट वाटर प्रयोग गर्छन् ।

यसको मतलव घरमा गाडी सफा गर्नुहुँदैन भन्ने पनि होइन । दैनिक गाडी सफा गर्नुहुन्छ भने, आˆनो घरको पानी कस्तो छ भन्ने कुरामा ध्यान दिएर मात्रै कार सफा गर्नुपर्छ । टि्रटमेन्ट वाटर प्रयोग गर्दा समस्या हुँदैन । कार सफा गर्दा खस्रो कपडाको प्रयोग नगर्नुस् ।

सर्भिसिङ तालिका

अहिले सर्भिसिङबारे गाडी आफैंले सूचना दिन्छ । धेरै गाडीमा त्यस्ता प्रविधि आइसके । ड्यासबोर्डमा नै सर्भिसबारेका सबै सूचना दिने फिचर्सहरु राख्न थालिसकियो । अब उपभोक्ता पनि त्यो प्रविधिबारे अद्यावधिक रहनुपर्छ ।

अहिले धेरै गाडी मेन्टिनेन्स पि|m नै बनाइएको हुन्छ । ब्याट्रीमा आजभोलि पानी हाल्नुपर्ने झन्झट छैन । तर, आˆनो ब्याट्रीको लाइफ साइकल कति हो भन्ने कुरा चाहीँ थाहा पाइराख्नुपर्छ । त्यसैगरी क्लस्टरमा गाडीको अवस्थाबारे सूचना दिने सबै सूचना हुन्छ ।

क्लस्टरले देखाउँछ कि चेक लाइट बल्यो कि बलेन, सर्भिसमा जाने बेला भयो कि भएन ? अहिले त सर्भिसिङ सेड्युल पनि राख्न मिल्ने र रिमाइन्डर सेट हुने गाडी पनि छन् । क्लस्टर पढेर तपाईंले थाहा चाहीँ पाउनुपर्‍यो । कुनै बत्ति बल्यो भने यसले के संकेत गर्दैछ भनेर जानकारी पनि राख्नुपर्छ । सूचना आएपछि हेलचक्र्याइँ नगरी सर्भिस सेन्टर जानुपर्छ ।

यदि यस्ता सूचना नआउने गाडी हुन् भने आफैं यसबारे अपडेट रहनुपर्‍यो । सर्भिसिङ समस्या आएपछि गरौंला भन्ने सोच राख्नु गलत हो । किनभने तपाईं मोटर हाँक्दै हुनुहुन्छ ।

यसको स्याहारको कुरा तपाईंको मात्रै होइन, अन्यको जीवनसँग पनि जोडिएको हुन्छ । त्यसैले नियमित मर्मतको लागि तयार रहने बानीले तपाईंसँग अरुलाई पनि फाइदा हुन्छ ।

असाधारण आवाज र गन्ध

गाडी मेकानिकल साधन हो । यसका पार्टपूर्जाहरु जतिबेला पनि फेल हुन सक्छन् । त्यसैले कार चढ्ने र चलाउनेले यसबारे महत्वूर्ण ‘थ्री सेन्स’ राख्नुपर्छ ।

पहिलो ‘भिजिबल’ कुरा भयो । गाडीमा केही समस्या मज्जाले देखिने खालका हुन्छन् । टुटेको, फुटेको, चर्केको, बिग्रेको कति चिज आँखाले नै देख्छ ।

अर्को पक्ष भने ‘अडिबल’ अर्थात सुनेर महसुस मात्रै गर्न सकिन्छ । कार चलाउँदा कुनै अस्वाभाविक आवाज आइरहेको हुन सक्छ । त्यसलाई पनि गम्भीररुपमा लिनुपर्छ । सामान्य अवस्थामा असामान्य र अस्वाभाविक आवाज आउँदैन भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । कुनै पार्टपूर्जा प्रयोग गर्दा अस्वाभाविक महसुुस भयो भने पनि त्यसमा ध्यान दिनै पर्छ ।

तेस्रो पक्ष चाहीँ गन्ध हो । तपाईंको गाडीमा असामान्य गन्ध आयो भने पनि तपाईं सर्भिस सेन्टर जानैपर्छ । किनभने त्यसले गाडीमा खराबीको संकेत गरेको हुन्छ ।

त्यसैले कुनै अप्ठेरो अवस्था आउनुअघि नै ‘थ्री सेन्स’ राखेर गाडीको केयर गर्नुपर्छ । यस्ता पाटोमा ख्याल गरियो भने बाटोमा गाडी बिगि्रएर दुःख पाइरहनुपर्दैन । यस्ता असामान्य अवस्थामा गाडीको सर्भिसिङ गराइहाल्नुपर्छ ।

पार्किङमा खुला घामको जोखिम

गाडी पार्क गर्दा पनि निकै ख्याल गर्नुपर्छ । कार पार्किङको पनि आˆनो गाइडलाइन हुन्छ । तपाईंले गाडी दिउँसो खुला ठाउँमा चर्को घाम पर्ने गरी राख्नु भएको छ भने त्यसलाई असर पर्छ ।

धेरैले आजभोलि गाडीमा पर्फ्युम राखेका हुन्छन् । पर्फ्युम त ग्यास हो, अल्कोहल हो । त्यो त धेरै घामको एक्सपोजरमा फुट्न सक्छ । त्यसो भएमा ड्यासबोर्ड बिग्रन्छ । यस्तो कुरामा ख्याल नगर्दा कतिपय गाडीमा आगलागी पनि भएका छन् ।

धेरैले गाडीको ग्लोब बक्समा ‘बडी स्प्रे’ राख्नुभएको हुन्छ । लामो समय घाममा पार्किङ गर्दा त्यो पडि्कएर सिसा नै फुट्ने सम्भावना हुन्छ । यस्तो ‘डियोड्रेन्ट’मा त अल्कोहलको मात्रा धेरै हुन्छ । त्यसले गाडीमा आगो लाग्ने खतरा पनि हुन्छ ।

त्यस्तै गाडीभित्र सेन्ट, रक्सी, पेट्रोल लगायत प्रज्वलनशील पदार्थ नराखेकै जाति हुन्छ । त्यो नभए पनि पार्किङ गर्दा सकेसम्म घाम छलाउनु उत्तम हो । घाममा राख्ने नै हो भने गाडीको लागि सनलाइट प्रोटेक्टर पनि पाइन्छ । त्यो प्रयोग गर्दा राम्रो हुन्छ ।

सँगै धेरैले गाडीको बोटल होल्डरमा पानी राख्ने प्रचलन हुन्छ । त्यो पनि राम्रो होइन । एक त वाटर बोटल नै प्लास्टिकको हुन्छ, त्यसमाथि ड्यासबोर्डदेखि टि्रभहरु प्लास्टिकको हुन्छ । त्यसको रेडियसन पनि पानीमा सिधा पर्छ । त्यसैले पानी बाफिएको हुन्छ ।

त्यस्तो पानी खानु कति उपयुक्त होला ? धेरैलाई पार्किङ यसरी गर्नुस् है भन्दा ‘मैले जानेकै छु’ भन्ने हुन्छ । तर, पार्किङमा ख्याल गर्नुपर्ने कुरा धेरै छन् ।

गाडीको कभर

खुला स्थानमा पार्किङ गर्दा पानी पर्‍यो भने पनि गाडीमा असर पर्न सक्छ । अहिले वातावरण निकै प्रदुषित छ । कुनै अवस्थामा एसिड वषर्ा भयो भने गाडीको बाहिरी भाग र रंगलाई प्रभाव पर्छ ।

गाडी पार्किङ गर्दा पानी बगेर जानसक्ने ठाउँमा राख्नुपर्छ । पार्किङस्थलको ढल प्रणाली गतिलो भएन भने ठूलो वषर्ामा गाडीलाई खतरा हुन सक्छ । गाडी पानीमा डुब्ने वा बगाउने खतरा पनि हुन सक्छ ।

गाडी छोपेर राख्ने प्रचलन पनि छ । यो ठीकै पनि हो । तर, यसमा वेवास्ता गरियो भने त्यसले उल्टो बेफाइदा पनि हुन सक्छ । अहिलेको बडी कभरमा भित्रबाट सिल्भरको कोटिङ गरिएको हुन्छ । पानी रहनासाथ त्यसलाई निकालिहाल्नुपर्छ ।

पानी रहेपछि घाम लाग्यो भने त्यो सिल्भर कोटेड कलर गाडीको बडीमा टाँसिन्छ । त्यसैले पानी नसुक्दै गाडीबाट कभर हटाउनुपर्छ । घाम लाग्दा पनि गाडी छोप्ने कभर पाइन्छ । तर, सकेसम्म छायाँ पर्ने स्थानमा राख्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।

गाडी कोठा होइन

गाडी बाहिरबाट हेर्दा मात्रै होइन, भित्र पनि सफा र चिटिक्क राख्नुपर्छ । तर, कतिपयले त गाडीलाई नै घर बनाएका हुन्छन् । कपडा, जुत्तादेखि आफूलाई आवश्यक पर्ने चिज गाडीभित्रै राख्नेहरु पनि धेरै छन् ।

आरोपित गर्न खोजिएको हैन, गाडी सफा राख्ने मामिलामा पुरुषभन्दा महिला प्रयोगकर्ताहरु कमजोर देखिएका छन् । प्रायः घर सफा नराख्ने पुरुष गाडीको सफाइको मामिलामा सचेत हुन्छन् ।

घरको सरसफाइमा अब्बल महिलाहरु गाडी सफाइमा भने किन कमजोर देखिन्छन् भन्ने अध्ययनकै विषय हुन सक्ला । धेरैले गाडीमा न्यापकिन राख्ने, तर प्रयोग पटक्कै नगर्ने प्रचलन छ । यस्ता साना विषयमा गाडीमा प्रयोगकर्ता सेचत हुनैपर्छ । गाडीको भित्री भागलाई गन्धरहित बनाउनुस् ।

गाडीलाई घरको कोठा नबनाउनुस् । किनभने गाडीको सफाइ घरको भन्दा असहज हुन्छ । त्यसैले नियमित सफाइमा अल्छी नगर्नुस् ।

ठोकिन्छ कि !

आजभोलि गाडीलाई सकेसम्म कम तौलको बनाउन अनेकन प्रयासहरु गरिन्छन् । त्यसैले गाडीको अघिल्लो भागमा पार्टहरु प्लास्टिक र अल्मुनियमको राख्न थालिएको छ । यदि गाडी चलाउनेले आˆनो गाडीको ग्राउण्ड क्लियरेन्स ख्याल गरेन भने ठोक्किएर त्यस्ता पार्टपूर्जाहरुमा क्षति पुग्छ ।

यो पक्षलाई निकै ध्यान दिनुपर्छ । कस्तो सडकमा आˆनो सवारी जान सक्छ र त्यसलाई चलाउँदा कति केयर गर्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ । त्यसैले सेन्स अफ ड्राइभिङमा तपाइँ निकै धैर्यवान हुनुपर्‍यो ।

अप्ठेरो बाटोमा किन सवारी दौडाउनुपर्‍यो ? तपाईंको गाडीलाई पनि आफूलाई जत्तिकै माया गरेर चलाउनुस, त्यसले पनि तपाईंको ‘वेल केयर’ गर्छ ।

नियमित मर्मत

तपाईंले गाडी चलाउनुहुन्छ भने केही काम समयमै गर्नुपर्छ । जस्तो कि समय-समयमा इञ्जिन आयल फेेर्नुपर्छ । तपाईंको इञ्जिन आयल कति समयमा फेर्नुपर्ने हो ? यसमा पटक्कै हेलचक्रयाइँ नगर्नुस् ।

तपाईंको इन्जिन आयल ५ हजार किलोमिटर दौडिँदा फेर्नुपर्ने छ तर, तपाईंले बेवास्ता गर्नुभयो भने पछि तपाईंको इञ्जिनको बेरिङमा लोड पर्छ । त्यसले पिस्टनमा इफेक्ट पर्छ । त्यसले इञ्जिन सिज हुनेसम्मको खतरा हुन्छ । तपाईंले आफ्नो गाडीको पार्टको लाइफ साइकल कति हो भन्नेमा ध्यान दिनुपर्छ ।

त्यसअनुसार समयमै त्यसलाई फेर्ने र मेन्टेन गर्ने कुरामा ध्यान दिनुपर्छ ।

खुला दिलले मर्मत खर्च

बजारमा स्पेयर्स पार्टस् थरी-थरी मूल्यमा पाइन्छ । धेरैले सस्तो स्पेयर्स पार्टस् खोज्छन् पनि । तर, निकै अस्वभाविक मूल्यमा स्पेयर्स पार्टस् हाल्नुभयो भने पनि त्यसको कार्यक्षमता राम्रो हुँदैन ।

सस्तोमा पाएको चिजले अपेक्षाअनुरुप काम गर्दैन भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ । सस्तोमा मात्रै लाग्दा समस्या पनि धेरै आउन सक्छन् । त्यसैले सकेसम्म गुणस्तरीय पार्ट्सहरु हाल्दा फाइदा हुन्छ ।

जस्तो एउटा कुनै कारको ब्रेक प्याड ८ सयदेखि ५ हजार सयसम्ममा पाइन्छ । राम्रो ब्रेकप्याड सेरामिक्सले बनेको हुन्छ । तर, बजारमा सेरामेटालिकबाट बनेका कमजोर ब्रेकप्याड पाइन्छन् ।

यसरी गाडीलाई आफ्नो सन्तानजत्तिकै स्याहार दिन सके त्यसले आफ्नो कार्यक्षमता पनि त्यसैअनुसार देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment