+
+
Shares

चैतन्य मिश्रलाई आहुतीको प्रश्न–मार्क्सले नै मार्क्सवाद बुझेनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते ११:५०

१५ भदौ, काठमाडौं । नेपालका चर्चित समाजशास्त्री डा. चैतन्य मिश्रमाथि हत्पती आलोचना गर्ने बौद्धिकद्धिकहरु नेपालमा त्यति भेटिँदैनन् । समाजशास्त्र, पुँजीवाद र मार्क्सवादबारे डा. मिश्रको बुझाइ निकै गहन रहेको मान्ने गरिन्छ । त्रिभुवन विश्व विद्यालयमा समाजशास्त्र पढ्ने विद्यार्थीहरुमात्र होइन, समाजशास्त्रका प्राध्यापकका पनि गुरु मानिन्छन् डा. मिश्र ।

तर, शनिबार राजधानीमा डा. मिश्रको तेस्रो पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ विमोचन कार्यक्रममा मार्क्सवादी सौन्दर्यशास्त्री आहुतीले डा. मिश्रमाथि निर्मम आलोचना गरे ।

लेनिनले मार्क्सवाद बुझेनन् भन्ने डा. मिश्रको तर्कमाथि प्रश्न उठाउँदै आहुतीले मिश्रमाथि आलोचना गरे । उनले ऐतिहासिक भौतिकवादका सम्बन्धमा मिश्रको बुझाइमाथि नै छलफलको आवश्यकता रहेको औंल्याए ।

‘लेनिनले मार्क्सवाद बुझेनन् भन्ने ठहर मिश्रको छ, त्यसरी हेर्दै जाँदा मार्क्सले नै मार्क्सवाद बुझेनन् भन्ने विन्दुसम्म पुगिन्छ,’ आहुतीले भने, ‘अनि प्रश्न उठ्छ, मार्क्सले कम्युनिष्ट घोषणापत्र चाहिँ किन लेखे ?’

मिश्रले मानिस सचेतन प्रयास गर्ने प्राणी हो भन्ने पक्षलाई बेवास्ता गरेको आहुतीको आरोप थियो ।

डा. मिश्रद्वारा लिखित तेस्रो पुस्तकको विमोचन राजनीतिक चिन्तक प्रदीप गिरी, नेकपा सांसद विन्दा पाण्डे, विश्लेषक आहुती, पुस्तकका सम्पादक राजेन्द्र महर्जन र लेखक स्वंयले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै कांग्रेस नेता प्रदीप गिरीले पुस्तकमा नेपाली राजनीतिको विगतको संश्लेषण र भविश्यको रेखाचित्र कोर्ने प्रयास गरिएको उल्लेख गरे ।

‘गणतन्त्रका नाममा अहिले दलतन्त्र हावी भएको मिश्रले औंल्याउनुभएको छ, गिरीले भने, ‘उहाँले देखाउनुभएको सबैभन्दा ठूलो खतरा नेपाली समाजमा राजनीति हराउँदै गएको अवस्था हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?