Comments Add Comment

‘साहो’को ट्विटर समिक्षाः ‘२०१९ कै निराशाजनक फिल्म’

‘बाहुवली र बाहुवली २’ जस्तो चलचित्रमा काम गरेपछि साउथ सुपरस्टार प्रभाषको क्रेज भारतमा मात्र नभई विश्वभर नै बढ्यो । यसैले, उनका नयाँ चलचित्रप्रति दर्शकको चासो बढ्नु स्वभाविक हो । उनै, प्रभाषले करिब २ बर्ष लगाएर अभिनय गरेको चलचित्र ‘साहो’ आजबाट विश्वभर रिलिज भएको छ । २ दिन अगाडि दुबइमा आयोजित प्रेस शोबाट नै मिश्रित प्रतिक्रिया पाइरहेको यो चलचित्रलाई भारतीय समिक्षक र दर्शकले पनि प्रतिक्रिया दिएका छन् ।

ट्विटरमा ‘साहो’का लागि प्रभाषले २ बर्षा समय नष्ट गरेको प्रतिक्रिया आउन थालेको छ । विशेषगरि, चलचित्रको एक्सन पाटोलाई रुचाइएको छ । तर, चलचित्रको कथावस्तु र पटकथा कमजोर रहेको प्रतिक्रिया ट्विटर प्रयोगकर्ताले दिएका छन् ।

भारतका चर्चित समिक्षा तरण आर्दश लेख्छन्–‘साहो सहनै नसकिने चलचित्र हो । प्रतिभा, ठूलो पैसा को बर्बाद भयो । कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन ।’ तरणले चलचित्रलाई १.५ स्टार दिएका छन् ।

समिक्षक सुमित कँडेल लेख्छन्–‘साहो सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक चलचित्र हो । चलचित्रका धेरै कलाकारको खराब अभिनय, नवुझिने कथा, निकै नै खराब पटकथा, खराब निर्देशन र खराब गीतसंगीत कारण चलचित्र निराशानजक बनेको छ । तपाई आफै जोखिम उठाएर यो चलचित्र हेर्न सक्नुहुन्छ ।’ उनले यो चलचित्रलाई १ स्टार दिएका छन् ।

उनले, ३५० करोडको बजेट किन र कसरी खर्च गरिन्छ भन्ने बिषयमा अनुसन्धान नै आवश्यक रहेको लेखेका छन् । उनले भीएफएक्सलाई समेत खराब भनेका छन् । यस्तै, बलिउडका अन्य केही समिक्षकहरुले पनि ‘साहो’मा प्रभाष र एक्सन मात्र रहेको तर खराब कथा र पटकथाका कारण कमजोर रहेको प्रतिक्रिया दिएका छन् ।

यसैले, ‘साहो’को ओपनिङ बम्पर भएपनि यो लामो रेशको घोडा बन्ने संभावना कम रहेको अड्कल लगाउन सकिन्छ । धेरैले यो चलचित्रलाई दोहोर्याएर हेर्नुपर्ने कारण नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment