Comments Add Comment

एटीएम ह्याक छानबिन गर्न राष्ट्र बैंकले बनायो समिति

१५ भदौं, काठमाडौं । शनिबार भएको एटीएम ह्याक प्रकरणका विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले छानविन समिति बनाएको छ ।

एटीएम ह्याक गरेर चिनियाँ नागरिकहरुले १ करोड ६८ रुपैयाँ निकालेको प्रारम्भिक निश्कर्ष निकाल्दै यस विषयमा थप अध्ययन गर्नका लागि राष्ट्र बैंकले छानविन समिति बनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । बैंकका भुक्तानी प्रणाली विभागको प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिका सदस्यमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि हेर्ने प्रतिनिधि र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको सदस्य तोकिएको छ ।

समितिले ३ दिनमा प्रतिवेदन बुझाउने उनले बताए । उनले भने, ‘ढिलोमा बुधबारसम्म समितिले प्रतिवेदन बुझाउने छ, त्यसपछि आवश्यक निर्णय हुनेछ ।’

यो पनि पढ्नुहोस पाँच चिनियाँ नागरिक, जसले रातारात नेपाली बैंकबाट लाखौं लुटे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment