Comments Add Comment

ऐश्वर्यले एक म्यागजिनका लागि खिचाइन् यस्तो तस्वीर

बलिउड अभिनेत्री ऐश्वर्या राय अचेल फिल्ममा कमै देखिन्छिन् । तर पनि उनको नाम आज पनि बलिउडका सुन्दर अभिनेत्रीहरुको सूचीमा अग्रपंक्तिमै पर्दछ । ऐश्वर्या सधैं आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहने अभिनेत्री हुन् ।

हालैमात्र ऐश्वर्याले एउटा पत्रिकाको कभरका लागि फोटो सेसन गराइन्, जसका तस्वीरहरु सामाजिक सञ्जालमा प्रशंसकमाझ चर्चाको विषय बनिरहेका छन् ।

उक्त फोटो सेसन ऐश्वर्याले पिकक म्यागेजिनका लागि गराएकी हुन् । डिजाइनर वेयरमा ऐश्वर्या निकै सुन्दर देखिएकी छिन् । तस्वीरमा ऐश्वर्या रातो रंगका तीन लेयर्स तथा फिदर डिटेलिङ गाउनमा प्रस्तुत भएकी छिन् । उक्त पहिरनमा उनी निकै अग्ली देखिएकी छिन् ।

तस्वीरमा ऐश्वर्याले गुलावी रंगको सुन्दर पहिरनसमेत लगाएको देखिएको छ । उक्त लुकमा पनि उनी निकै सुन्दर तथा ग्ल्यामरस देखिएकी छिन् । उक्त पहिरनसँग ऐश्वर्याले न्यूड मेकअप गरेकी छिन् भने सटल लिपस्टिकमार्फत आफ्नो लुकलाई पूर्णता प्रदान गरेकी छिन् ।

ऐश्वर्या यतिबेला निर्देशक मणिरत्नमको नयाँ फिल्मको छायांकनमा सक्रिय हुने क्रममा छिन् । उक्त फिल्म रिमेक हुने बताइन्छ । ऐश्वर्याले पनि आफू निकट भविष्यमै मणिरत्नमसँग काम गर्ने कुरा बताइसकेकी छिन् । त्यसो त मणिरत्नमले भने यो कुराको औपचारिक जानकारी दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment