२० भदौ, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंबीचको रोकिएको खेल पुनः सुरु भएको छ ।
नेपालले ९ ओभरको क्षतिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ चार रनमा आउट भएका थिए ।
आर प्रेमादशा रंगशालामा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको हो । तर पानी परेपछि रोकिएको खेल केही ढिलो गरी सुरु भएको कारण ४२ ओभरमा छोट्याइएको छ ।
नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई रहेका छन् । शुक्रबार अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुदैछ ।
प्रतिक्रिया 4