Comments Add Comment

श्रीलंकाविरुद्ध रित गौतमको अर्धशतक

२० भदौ, काठमाडौं । नेपालका क्रिकेट खेलाडी रित गौतमले एसीसी यु-१९ एसिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका छन् ।

उनले ७३ बलमा चार चौका प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । उनको ५० रन पूरा गरेसँगै खेलमा नेपालले श्रील‌काविरुद्ध १०० रनको स्कोर पूरा गरेको छ । २५ ओभरको समाप्तिमा नेपालले दुई विकेटको क्षतिमा १०० रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले ९ ओभरको क्षतिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ चार रनमा आउट भएका थिए । वर्षाको कारण खेल ४२ ओभरमा छोट्याइएको छ ।

नेपालको पारी कप्तान रोहित पौडेल र रित गौतमले उकासेका छन् । १०० रन पूरा गर्दा यी दुई खेलाडीले ७६ रनको साझेदारी गरेका छन् । रोहित २८ रनमा खेलिरहेका छन् ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई रहेका छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment