Comments Add Comment

३ दिने कार्यशालामा चलचित्र पत्रकारहरुले के–के सिके ?

चलचित्र पत्रकार संघ, नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ३ दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न भएको छ । भदौको १८ गतेबाट सुरु भएको कार्यशाला भदौको २० गते सकिएको थियो । देशभर छरिएर चलचित्र पत्रकारिता गर्दै आएका १ सय १० बढी पत्रकार पोखरामा एकसाथ भेला भएका थिए ।

यसपटकको कार्यशालामा विशेषगरि, चलचित्र पत्रकारहरुलाई सैद्धान्तिक र व्यवहारीक ज्ञान दिइएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले कार्यशालामा चलचित्र पत्रकारहरुको उल्लेख्य र उल्लासमय उपस्थिती रहेको भन्दै खुशी व्यक्त गरे । उनले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि संघले यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने बताए ।

कार्यशालामा पत्रकारहरुले पत्रकार आचारसंहिता, डिजिटल दुनियाँमा चलचित्र पत्रकारिता, चलचित्र पत्रकारिताको विगत र वर्तमान, चलचित्र समिक्षा, पर्यटन र चलचित्र लगायतका बिषयमा अध्ययन गरेका थिए ।

‘पत्रकार आचारसंहिता’को बिषयमा पत्रकार राजेन्द्र दाहालले प्रशिक्षण दिएका थिए । यस्तै, ‘डिजिटल तथा मल्टिमिडिया’का बिषयमा रजनिश भण्डारी, ‘चलचित्र समिक्षा’को बिषयमा अनुप सुवेदी, ‘चलचित्र पत्रकारिता हिजो र आज’को बिषयमा नारायण अमृत, ‘पर्यटन र चलचित्र’ बिषयमा सूर्य थपलियाले प्रशिक्षण दिएका थिए ।

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले बोर्ड र चलचित्र पत्रकारको बिषयमा आफ्नो भनाई राखेका थिए । ३ दिने कार्यशालाको समापन समारोहमा सहभागी चलचित्र पत्रकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यशालामा सहभागी चलचित्र पत्रकारहरुले कार्यशाला निकै नै फलदायी भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment