+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

भक्तपुरबाट लागूऔषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १५:४२

२२ भादौ, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा सिरानचोक २ घर भइ भक्तपुर बालकोट बस्ने २१ वर्षीय सुरज थापा र भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २० वर्षीय कविराम पसखल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले लोकन्थलीमा चेकजाँच गर्ने क्रममा बा.७९ प २७४१ नम्बरको स्कुटीमा सवार दुवै जनाको साथबाट १२ थान नाईट्राभेट  तथा धारिलो हतियार चक्कु र कैँची बरामद भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?