Comments Add Comment

स्कटल्यान्डमाथि बेल्जियमको सहज जित

Photo Credit : यूईएफए

२४ भदौ, काठमाडौं । बेल्जियमले युरो कप फुटबल छनोटमा स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।

सोमबार राति समूह ‘आई’मा रहेको बेल्जियमले घरेलु टोली स्कटल्यान्डलाई ४–० गोलको फराकिलो जित निकालेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकु, थोमस भर्मेलेन, टबी एल्डरवेइरेल्ड र केभिन डे ब्रुयनले समान १–१ गोल गरे ।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्दै फराकिलो जित निकालेको हो । खेलको नवौं मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २४औं मिनेटमा थोमस र ३२औं मिनेटमा टबीले गोल गर्दै पहिलो हाफसम्म बेल्जियमलाई ३–० गोलको अग्रता दिलाए ।

खेलको ८२औं मिनेटमा केभिन डे ब्रुयनले अर्को गोल थप्न सफल भए । उनको गोलसँगै बेल्जियमले स्कटल्यान्डलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment