Comments Add Comment

यू–१९ एसिया कप : नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

२४ भदौ, काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

यू–१९ एसिया कप क्रिकेटबाट बाहिरिसकेको नेपाल आज १० बजेर १५ मिनेटमा सुरु हुने अन्तिम खेलमा यूएईलाई पराजित गर्दै आफ्नो साख जोगाउने दाउमा छ । नेपाल र यूएई दुवै अंकविहीन टिम हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार ब्यहोर्दा दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटको हार ब्यहोरेको थियो ।

टेष्ट नेशन राष्ट्रसँग सहज रूपले पराजित भएको नेपाल आफ्नै स्तरको टिम यूएईलाई भने पाखा लगाउने लक्ष्यमा हुनेछ । यता यूएईले भने आफ्नो पहिलो खेलमा बंगालदेशसँग ६ विकेटको हार ब्यहोरेको थियो । त्यस्तै, दोस्रो खेलमा भने श्रीलंकासँग ५२ रनले हारेको थियो ।

नेपाल र यूएईबीच यू–१९ क्रिकेटमा गत अप्रिल १३ गते विश्वकपअन्तर्गत एसिया छनोटमा भेट भएको थियो । जुन खेलमा नेपाल डकवर्थ लेविस मेथोडको आधारमा एक रनले हार्न पुगेको थियो । त्यो हार नेपालको लागि हार मात्रै थिएन विश्वकप खेल्ने सपना पनि तुहिएको थियो ।

युएईसँगको त्यही हारको बदला लिने रणनीतिमा नेपाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment