Comments Add Comment

स्कुलदेखि नै मन परेकी सरिनालाई विल्सनले ‘दुलही’ बनाए

हाँस्य क्षेत्रमा विल्सन विक्रम राइको नाम नौलो होइन । विशेषगरि, हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिकामा काम गरेपछि विल्सनको चर्चा भयो । उनी, अहिले चलचित्रको काममा व्यस्त छन् । उनै, विल्सनले गतबर्षको फागूणको अन्त्यमा बिहे गरे । विल्सनको बिहेको तस्वीर सो समयमा पनि फाट्टफुट्ट सार्वजनिक नभएको होइन । तर, उनका फ्यानलाई सुटिङको फोटो जस्तो लागेको थियो ।

अहिले भने विल्सन आफैले बिहे गरेको कुरा खुलाएका छन् । विल्सन भन्छन्–‘मैले बिहेको खबर लुकाउनुपर्ने कुनै कारण नै थिएन । तर, दुलही पक्षले विभिन्न कारणले सार्वजनिक गर्न नचाहेकाले लुकाएको जस्तो भयो ।’ विल्सनले झापाकी सरिना लामासँग मागी बिबाह गरेका हुन् । उनले भने–‘हामी एउटै स्कुलमा पढेका हौं । मैले उनलाई स्कुल पढ्दादेखि नै मन पराएको थिएँ । तर, हामी दुबैले एक अर्कालाई भन्न सकेका थिएनौ । अहिले परिवारले नै उनको हात माग्न पुगेपछि बिहे भयो ।’

फागूणमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा थिए विल्सन । तर, सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको विल्सन बताउँछन् । लामाहरुको ‘सुंगुर बर्ष’ परेकाले पनि बिहे चाडै गरेको विल्सनले सुनाए । सरिना युएनमा काम गर्थिन् । तर, ‘भुटानी शरणार्थी’ सम्बन्धी प्रोजेक्ट बन्द भएपछि सरिनाले अहिले विल्सनको घर सम्हालिरहेकी छिन् ।

बिहे लगतै विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया समेत पुगेका थिए । सरिनानको मिडियासँग लजाउने बानी छ । यसैले, पनि उनी मिडियामा आएकी छैनन् ।  विल्सन विक्रम राइलाई मन पराउने यूवतीको संख्या धेरै छ । तर, उनको मन सरिनामा गयो र उनले सरिनालाई आफ्नो बनाएका छन् । बिहेपछि जीन्दगी बदलिएको विल्सन बताउँछन् । विल्सन अभिनित चलचचित्र ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गतेबाट रिलिज हुँदैछ भने उनी अहिले चलचित्र ‘सेन्टी भाइरस’मा व्यस्त छन् । विवाहिपछि विल्सनको हातमा चलचित्रको अफर झनै बढी आउन थालेको छ । विल्सन र सरिनालाई बैबाहिक जीवनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment