Comments Add Comment

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

२४ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार विहान एक पाँचतारे होटलमा भएको भेटमा दुई देशको आपसी हित, दुई पार्टीको सम्बन्धलगायतका विषययमा छलफल भएको बताइएको छ ।

नेपालको आर्थिक विकासमा चीनबाट अपेक्षा गरेको सहयोगबारे समेत कुराकानी भएको प्रचण्डले बताए । ‘हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक हुने अपेक्षा गरेका छौं’ भेटपछि उनले भने,‘हामीले उठाएको विषयमा विदेशमन्त्री सकारात्मक बन्नु भएको छ ।’

भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबारे पनि चर्चा भएको थियो । भ्रमण कहिले हुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘तयारी भइरहेको छ ।’

वाङले नेपाल भ्रमणका क्रममा राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।

वाङ नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका थिए । उनी मंगलबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment