Comments Add Comment

अन्ततः ‘मोगुल’मा काम गर्न तयार भए आमिर

बलिउड नायक आमिर खानले केही समय अगाडि मात्र आफू चलचित्र ‘मोगुल’मा काम गर्न तयार नभएको स्पष्ट पारेका थिए । यो चलचित्रका निर्देशक सुभाष कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि आमिरले यो कदम उठाएका थिए ।
तर, अब नायक आमिर खान चलचित्रमा काम गर्नका लागि तयार भएका छन् । यो चलचित्रले गुलसन कुमारको कथा भन्नेछ । चलचित्रमा आमिर अब गुलसन कुमारको भूमिकामा देखिने भएका छन् ।

आमिरले भनेका छन्–‘गतबर्षको अक्टोबरमा मैले ट्विट नै गरेर चलचित्रमा काम नगर्ने बताएको थिएँ । अब, म यो चलचित्रमा काम गर्न तयार छु ।’ सुभाषसँग काम गर्दा आमिरको आलोचना पनि हुनसक्छ । तर, नायक खानले आफ्नो मनले जे भन्छ त्यही नै गर्ने बताएका छन् ।

उनले भने–‘केही समय अगाडि मलाई लाग्थ्यो, काम नगर्ने निर्णय नै सही थियो । तर, अहिले मलाई लाग्छ कि काम गर्ने निर्णय सही छ । केही मानिसले मेरो आलोचना पक्कै गर्नेछन् । तर, म यसतर्फ ध्यान दिने छैनँ ।’ आमिरले आफ्नो भूमिकाका बारेमा भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘म चलचित्रमा गुलसनको भूमिकामा देखिदैछु । बाँकी कलाकारको छनोट निर्देशक सुभाष कपुरले गर्नेछन् ।’

आमिर, यतिबेला चलचित्र ‘लाल सिंह चढ्ढा’को तयारीमा लागेका छन् । उनले अभिनय गरेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment