+
+
Shares

पशुपतिमा आरती अघि राष्ट्रिय गान बजाउन छाडियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते २१:५७

२३ भदौ, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा हुने साँझको आरतीमा अघि राष्ट्रगान बजाउन छाडिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा आरती अगाडि राष्ट्रगान बजाउन थालिएको थियो । तर संस्कृतिविदहरुले नै त्यसको आलोचना गरे ।

पशुपति आरती समितिले सोमबार भने आरती अगाडि राष्ट्रगान बजाएन । ‘पशुपति विकास कोषले निर्देशन आयो भनेपछि हामीले राष्ट्रगान बजाएर परीक्षण गरेका थियौं’, समितिका सदस्य रमेश पोखरेल भने, ‘तर, विभिन्न टिकाटिप्पणी भएकाले बजाउन छाडिएको हो ।’

उनले भने, ‘२०६४ सालदेखि बाग्मतीप्रति सचेतना, पशुपतिप्रति सम्मान गर्न सुरु गरिएको हो र, त्यही रुपमा चलिआएको थियो । हामी विवादमा फस्न चाहन्नौं ।’

उनकाअनुसार अहिलेसम्म यसबारे समितिले लिखित निर्देशन समेत पाएको छैन । राष्ट्रगानप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले लिखित निर्देशन आएको अवस्थामा पनि विज्ञहरुसँग परामर्श गरेर मात्र निर्णय लिइने बताए ।

यो पनि पढ्नुस्ः ‘राष्ट्रियगानको निर्देशन दिनेहरु पशुपतिमा आरती हेर्न जानुस्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?