Comments Add Comment

स्टारडममा रमाउँदा रमाउँदै हराएका जीवन

नायक जीवन लुइटेलको आज जन्मदिन हो । नायक जीवन लुइटेल अहिलेका पुस्ताका लागि नयाँ नाम हुन थालेको छ । अनमोल केसी, प्रदिप खड्कासँग रमाउने नयाँ पुस्ताका लागि जीवन विस्तारै नयाँ बन्न थालेका छन् ।

तर, केही बर्ष अगाडिसम्म उनको चर्चा नेपाली चलचित्र बजारमा खुबै हुने गर्दथ्यो । नेपाली चलचित्रमा विशेषगरि, ‘नाई नभन्नु ल’ले जीवनलाई स्टार बनाएको हो । यसको तीनवटा सिरिजमा देखिएका जीवनले अन्य केही चलचित्रमा पनि काम गरे ।

जीवनको मुस्कान र स्टाइललाई दर्शकले मन पराएका थिए । यसैले, केही बर्ष उनले नेपाली चलचित्र क्षेत्रमा नम्बर १ को स्थान बनाएका थिए । जीवनलाई लिएर चलचित्रमा लगानी गर्न निर्माताहरुले कञ्जुस्याँइ गरेनन् । तर, अफर आएका सबै खालका चलचित्रमा काम गर्दा उनी कमजोर बन्दै गए । चलचित्रको बजार फेरिनु र नयाँ खालको कथावस्तुमा दर्शक रमाउनुले पनि जीवनलाई कमजोर बनाएको थियो ।

जसकाकारण, उनी चलचित्र क्षेत्रबाट विस्तारै हराए । अहिले जीवन अमेरिकामा छन् । अमेरिकामा नै जिन्दगी चलाइरहेका यी चलकेटी हिरोले अब पुरानै स्थान यो क्षेत्रमा बनाउने संभावना कम छ । तर, जीवन लुइटेल स्टारडममा रमाउँदा रमाउँदै चलचित्र क्षेत्रबाट हराएका एक कलाकार हुन् । जीवनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment