Comments Add Comment

फाइभ जीको चमत्कार : इन्टरनेटबाटै बिरामीको एक्स रे ! (भिडियोसहित)

२३ भदौ, काठमाडौं । सूचना प्रविधिको विकासले विश्वमा नयाँ–नयाँ चमत्कारहरु भइरहेका छन् । र, अबको चमत्कार फाइभ जी इन्टरनेट सेवाले गर्नेवाला छ । फाइभ जी प्रविधिमा गइसकेपछि संसारमा के–के चमत्कार होला त ?

फाइभजीले ल्याउने परिवर्तनबारे बारेमा अहिले विश्वमा विभिन्नखाले प्रयोग र विश्लेषणहरु हुन थालेका छन् । ‘आर्टिफिसियल इन्टिलिजेन्स’ले मानव संसारलाई भन्दा भर्चुअल संसारलाई पो विद्वान र शक्तिशाली बनाउने हो कि भनेजस्तो स्थिति देखिँदैछ, फाइभजीको आगमनसँगै ।

फाइभजी बस सेवा

फाइभजी इन्टरनेटको आगमनबाट प्रयोगमा आउने अर्को अत्याधुािक प्रविधि भनेको फाइभजी बस सेवा हो ।

फाइभजी बसभित्र यात्रा गर्ने यात्रुले आँखाले देख्न नसकिने अगाडिका दृश्यहरु स्क्रिनको सहायताले गाडीभित्रै रियल टाइममा ८– के मा हेर्न सक्छन् । जस्तो बानेश्वरमा गाडीमा चढेको व्यक्तिले थानकोटको स्टेशनमा क–कसले गाडी कुरिरहेका छन्, भनेर अनुहार ठम्याउन सक्छन् ।

यसका साथै अगाडिको बाटोमा जाम छ कि छैन, बाटो बिग्रिएको, भत्किएको छ कि भनेर गाडीभित्रैबाट देख्न सकिनेछ ।

फाइभजी हेल्थ केयर

फाइभजीको एउटा महत्वपूर्ण चमत्कार भनेको शहरको सुविधासम्पन्न अस्पतालमै बसेर एक हजार किलोमिटर टाढाको गाउँमा स्वास्थोपचार सेवा प्रदान गर्न सक्नु हो । यो प्रविधि अनुसार बिरामी डाक्टरको सामुन्नेमा उपस्थित भइरहनुपर्दैन, भर्चुअल रुपमै कतिपय उपचारहरु गर्न/गराउन सकिन्छ ।


यसैसाता चीनको छेन्दुमा अवस्थित जन अस्पतालका डाक्टरहरुले केही प्राक्टिकल गरेर देखाए । उनीहरुले दुर्गममा रहेका बिरामीको एक्स रे शहरबाटै गर्न सकिने स्पष्ट पारे । यसरी गरिने एक्स रे दुई किसिमले गर्न सकिने रहेछ ।

पहिलो– गाउँमा रहेका स्वास्थ्यकर्मीले बिरामीको अल्ट्रासाउण्ड गर्छन्, र त्यसलाई शहरमा रहेका सिनियर चिकित्सकले रियल टाइममा स्क्रिनमा हेर्छन् । फाइभजीले इन्टरनेटको माध्यमबाट देखाउने भिडियो ‘रियल टाइम’ मा मात्र हुँदैन, अहिलेको भन्दा चौबर ठूलो, अर्थात ८–के साइजमा देखाइदिन्छ ।

भर्चुअल एक्स रेको अर्को तरिका चाहिँ झनै गज्जपको छ । दुर्गममा रहेको बिरामीलाई डाक्टरले शहरमा आफ्नै कम्युटर छेउमा रहेको विशेष प्रकारको माउस प्रयोग गरेर आफैं नै एक्स रे गर्न सक्छन्, यसमा बिरामीको नजिक अर्को चिकित्सकले काम गर्न आवश्यक पर्दैन ।
जन अस्पतालका चिकित्सकहरुका अनुसार कतिपय सामान्य चेक जाँच एवं शल्यक्रिया समेल भर्चअल विधिबाट गर्न सकिन्छ । कुनै ठूलो दूर्घटनामा परेका बेला चाँडो अस्पताल पुर्‍याउन नसकिएका बिरामीहरुका लागि यो प्रविधिले लाभ पुर्‍याउँछ ।

भर्चुअल हेल्थ केयरको विकास सँगसँगै ५जी एम्बुलेन्सहरु प्रयोगमा आउन थाल्नेछन् । चीनले कतिपय शहरमा यस्ता फाइभजी एम्बुलेन्सहरु व्यवहारिक प्रयोगमा ल्याउन थालेको छ ।

फाइभजी प्रविधिले इन्टरनेटका प्रवाह गर्ने भिडियो वा अडियो रियल टाइममा र ठूलो अहिलेको भन्दा चौबर ठूलो साइजमा देखाउने भएकाले टेलिभिजनको स्क्रिनमा देखिने दृश्यहरु अहिलेका भन्दा आकर्षक र वास्तविक जस्ता लाग्नेछन् ।

यसका अतिरिक्त फाइभजीले गर्न सक्ने चमकारहरुबारे विभिन्नखाले ‘प्रेडिक्सन’ भइरहेका छन् । तरकारी र फलफूल रोर्बटबाटै टिप्न सकिने, कार्यालयमा बसेर आफ्नो घरका कतिपय कामहरु गर्न सकिने जस्ता विश्लेषणहरु गरिँदै आएका छन् ।

यो नयाँ प्रविधिबाट वन्यजन्तु संरक्षण, वातावरणको संरक्षण, वालवालिकाको शिक्षामा सहजता, स्वास्थोपचारमा सहजता लगायतका थुप्रै कामहरु गर्न सकिने विश्लेषणहरु गरिएका छन् ।

चिनियाँ स्मार्ट फोन तथा इन्टरनेट प्रदायक कम्पनी हुवावेले चीनमा यसैसाता आयोजना गरेको एसिया प्यासिफिक इनोभेसनमा अष्ट्रेलिया, नेपाल, सिंगापुर, बंगलादेश, भारत, श्रीलंका र मलेसिया लगायतका देशका पत्रकारहरु समेत सहभागी थिए । कार्यक्रमको अन्त्यमा पत्रकारहरूलाई फाइभजी बस र अस्पतालको अवलोकन गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment