Comments Add Comment

हस्पिटलको बेडमा हिसिलाले भनिन्- म दुर्घटनामा परेको हुँ र ?

स्कुटर दुर्घटनामा घाइते भइन् हिसिला यमी

२३ भदौ, काठमाडौं । समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा घाइते भएकी छन् । ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि हिसिला घाइते भएकी हुन् ।

उनलाई नजिकै रहेको बीएण्डबी अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

पाण्डेले अनलाइनखबरसँग भने, ‘हस्पिटलको बेडमा भेट्न आएकाहरुलाई म दुर्घटनामा परेको हुँ र ? भनेर सोध्दै हुनुहुन्थ्यो । अहिले त नर्मल अवस्थामा आइसक्नु भएको छ । सायद आज अस्पतालले डिस्चार्ज गर्छ होला ।’

शरीरमा घाउ चोट नदेखिए पनि टाउकोमा असर परेको चिकित्सकहरुले अनुमान गरेका थिए । यद्यपि उनी विस्तारै सामान्य अवस्थामा फर्किइसकेको पाण्डेको भनाइ छ ।

उनी पार्टी कार्यालयमा आइतबार दिउँसो एक बजे आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । स्कुटर हिसिलाकी सहयोगी एक जना युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलासहितको तस्वीर फेसबुकमा राखेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment