Comments Add Comment

इन्द्रजात्रा सञ्चालन गर्न ५ करोडको स्थायी कोष

२४ भदौ, काठमाडौं । सरकारले इन्द्रजात्रा व्यवस्थापन तथा संचालन गर्न स्थायी कोष स्थापना गरेको छ । मन्त्रिपरिषद्को २२ भदौको बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापनाको निर्णय गरेको हो ।

कोषमा नेपाल सरकारले १ करोड ५० लाख रुपैयाँ राख्ने भएको छ । प्रदेश सरकार (३ नं.) बाट रु. १ करोड, काठमाडौं महागरपालिकाबाट २ करोड र गुठी संस्थानबाट  ५० लाख रुपैयाँ रकम जम्मा हुने व्यवस्था गरिएको छ । यस कोषमा जम्मा हुने रु. ५ करोड रकमको व्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्था गर्ने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

कोष संचालन तथा व्यवस्थापन गर्न काठमाण्डौ महानगरपालिकाका प्रमुखको अध्यक्षतामा एक समिति रहने भएको छ ।

समितिले प्रत्येक वर्ष इन्द्रजात्रामा गरिने खर्चको बाँडफाँड गर्नेछ । उक्त जात्राको संचालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्ने मन्त्रालयले जानकारी दिएको छ । इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि बनाइने र यसको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment