Comments Add Comment

सांसदको प्रस्ताव : अंगीकृत नागरिकका सन्तानलाई ७ पुस्तापछि मात्रै वंशज नागरिकता !

२५ भदौ, काठमाडौं । सांसद झपट रावलले अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता नेपालमा बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल गर्दै उनले वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने बताए ।

‘वैवाहित अंगीकृत नागरिकता विवाह गरेर आएको र नेपालमा लगातार १० देखि १५ वर्ष बसेकालाई मात्रै दिनुपर्छ र अंगीकृत नागरिकका सन्तानलाई ५ देखि ७ पुस्ता नेपालै बसेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रवधान राख्नुपर्छ’ उनले भने ।

त्यस्तै सांसद प्रेम सुवालले पनि अंगीकृत नागरिकता लिनेको सन्तानलाई अंगीकृत नागरिकता नै दिनुपर्ने र १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment