Comments Add Comment

स्वस्तिमा भन्छिन्–‘राष्ट्रिय पुरस्कारको दबाब लिएर काम गर्दिनँ’

चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट कामका कारण नायिका स्वस्तिमा खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरिन् । स्वस्तिमाले यो अवार्ड पाउँदै गर्दा धेरैले उनीबाट अझै उत्कृष्ट कामको अपेक्षा समेत गरेका थिए ।

तर, साउनमा रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’मा उनले निर्वाहा गरेको भूमिकाले दर्शक र मिडियाकर्मीलाई नै निराश बनायो । धेरैले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितेकी नायिकाबाट यस्तो खालको कामको अपेक्षा गर्न नसकिने टिप्पणी पनि गरे ।

तर, नायिका स्वस्तिमा खड्का भने आफूले कहिले पनि ‘राष्ट्रिय चलचित्र पुरस्कार’को प्रेसर लिएर काम नगर्ने बताएकी छिन् । आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘चपली हाइट ३’को पत्रकार सम्मेलनमा उनले भनिन्–‘हो, म हजार जुनी सम्ममा चुकेकी हुँ । तर, राष्ट्रिय पुरस्कार पाएपछि मात्र राम्रो काम गर्नुपर्छ भन्ने छैन । कलाकार भएका कारणले पनि राम्रो काम गर्नुपर्ने कर्तव्य मेरो हो ।’

उनले, आफूले काम गर्न लागेका नयाँ चलचित्रमा शत प्रतिशत काम दिने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । स्वस्तिमा अगाडि भन्छिन्–‘राष्ट्रिय पुरस्कार मैले पाएँ, अब राम्रो काम गर्नुपर्छ । राष्ट्रिय पुरस्कार पाएकी छैनँ, राम्रो काम गर्नुहुन्न भन्ने सोच मलाई कहिले पनि आउँदैन । हजार जुनी सम्ममा निर्माण अघि नै राष्ट्रिय पुरस्कार पाएको भए मात्र मैले राम्रो काम गर्थेँ भन्ने हुँदै होइन । सबै चलचित्रमा म आफ्नो तर्फबाट उत्कृष्ट काम गर्ने प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment