Comments Add Comment

एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा

२६ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा सञ्चालनमा आएको हो ।

बैंकले सञ्चालनमा ल्याएको पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरे ।

पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment