+
+
Shares

फन्दामा पर्नु छ भने नेपाल आएर अपराध कर्म गर्नू : सर्वेन्द्र खनाल

प्राथमिकतामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १८:१५

२४ भदौ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा आएर आपराधिक गतिविधि गर्न सकिन्छ भन्ने सोचबाट मुक्त हुन आग्रह गरेका छन् ।

चिनियाँ नागरिकले एटीएम ह्याक गरेको घटना चर्चामा रहिरहेका बेला महानिरीक्षक खनालले आपराधिक मनोवृत्ति लिएर कतिपय विदेशी नेपाल आउने गरे पनि ती नेपाल प्रहरीको नजरबाट नछिप्ने बताए ।

‘कतिपय विदेशीले नेपाल आएर आपराधिक गतिविधि सञ्चालन गर्न सजिलो ठानेको देखिन्छ’, नेपाल पुलिस क्लब परिसरमा निर्माण हुने बहुउद्देयीय भवन शिलान्यास कार्यक्रममा महानिरीक्षक खनालले भने, ‘हाम्रो संयन्त्र विदेशी आपराधिक मानसिकता भएकाले सोचेजस्तो कमजोर छैन । हामी त्यस्ता गतिविधि निस्तेजका लागि अब्बल छौं ।’

खनालले आपराधिक गतिविधिमा लागेर कानूनी दायरामा आउन मन भए मात्रै नेपालमा आएर त्यस्ता गतिविधि गर्न चेतावनी दिए । ‘कानूनी दायरामा पर्नु छ र सुध्रनु छ भने नेपालमा आएर आपराधिक गतिविधि गरे हुन्छ’, महानिरीक्षक खनालले भने ।

प्राथमिकतामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रण

महानिरीक्षक खनालले साइबर अपराध र मानव बेचबिखन नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा परेको बताए । साइबर अपराध र मानव बेचबिखनका घटना बढेकाले प्रहरीको पहिलो प्राथमिकतामा यी विषय परेको उनकाे भनाइ छ ।

‘साइबर अपराध र मानव बेचबिखन नियन्त्रण अहिले हाम्रो पहिलो प्राथमिकतामा छ’, खनालले भने, ‘यसका लागि हामीले नागरिकसँग सहकार्य गरिरहेको छौं ।’

खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमार्फत सबै स्थानीय तहसँग सहकार्य गरेर काम भइरहेको पनि उक्त अवसरमा जानकारी दिए ।

प्रहरीको कार्यशैलीलाई लिएर उठ्ने गरेको प्रश्नतर्फ संकेत गर्दै खनालले प्रहरी पारदर्शी हुन चाहेको प्रष्ट पारे । राज्यले सुशासन दायित्व प्रहरी र कर्मचारीमा दिएकाले त्यो पूरा गर्नुपर्ने उनको भनाइ छ ।

‘यदाकदा केही मिलभगत देखिन्छ’, खनालले भने, ‘त्यसलाई सबै मिलेर निरुत्साहन गर्नुपर्छ ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?