+
+
Shares

बौरिएकी बागमती

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ भदौ २७ गते १२:३९

२७ भदौ, काठमाडौं । कञ्चन–कलकल बागमतीलाई अंजुलीले उघाएर प्यास मेटेको, नदीमा हेलिएर गर्मी धपाएको सम्झने जमात घटिरहेको छ, काठमाडौं उपत्यकामा । उनीहरु आजको बागमतीको दुर्दशा हेरेर निकै दुःखी छन् ।

हामी पछिल्लो पुस्ताले हेर्दाहेर्दै र बागमती सभ्यताप्रेमीहरुले खबरदारी गर्दैगर्दै पनि विवेकहीन सहरीकरणले आज बागमतीलाई ढलमती बनाएको छ । मौसमी सफाइ अभियान चलाइ पनि सुख्खा याममा मृत कहलाउन बागमती विवश छ । विकास र बागमती संरक्षणका नाममा गरिएको पर्खालबन्दीले नदी र जमिनलाई जोडेका पानीका प्राकृतिक नशा (क्यापिलरी) हरु पनि काटियो ।

अब त मनसुनमा मात्र बागमती बौरिन्छिन् र अलि गतिलै वर्षा भयो भने लहराउँदै कंक्रिटका किनार छुन पुग्छिन् । गत साताको वर्षापछि सुन्दरीजलदेखि गोकर्ण, पशुपति, शंखमुल, युएनपार्क, थापाथली पुल र टेकु दोभानसम्मको वागमति नदी :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?