Comments Add Comment

नेकपा एकीकरणमा सुदूरपश्चिम प्रदेश पहिलो, प्रदेश ३ को बैठक स्थगित

२७ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो मातहका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको घोषणा गरेको छ ।

प्रदेश इन्चार्ज भीम रावलसहित पदाधिकारीले  शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमका ९ जिल्ला र ८८ स्थानीय तहका साथै वडा तहसम्म एकीकरणको काम सम्पन्न भएको बताएका हुन् ।

रावलले अब भातृ संगठनहरुको एकीकरण पनि टुंगो लाग्ने भन्दै राष्ट्रिय स्वाभिमान र पार्टी एकताका सन्देश दिन गाउँ गाउँसम्म अभियान सन्चालन गरिने बताए । पार्टी एकीकरण टुंगो लगाउने नेकपामा सुदूरपश्चिम प्रदेश कमिटी पहिलो बनेको छ ।

यसैबीच नेकपाको प्रदेश ३ कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश अध्यक्ष नारायण दाहालका बुबाको निधन भएका कारण भदौ २९ मा डाकिएको प्रदेश कमिटी बैठक अर्को सूचना नभएस्म्म स्थगित गरिएको प्रदेश सचिव आनन्द पोखरेलले बताए ।

प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन र प्रदेश कार्यालय गठन लगायतका एजेण्डामा छलफल गर्न बैठक बोलाइएको थियो । प्रदेश ३ अन्तर्गत भक्तपुर,ललितपुर, काभ्रे र रामेछापबाहेक अन्य जिल्लाको एकीकरणको काम लगभग सम्पन्न भएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment