Comments Add Comment

थारू आइकनका प्रतियोगीसँग यौन स्वास्थ्यको कुरा 

विराटनर/ किशोरीहरुको मासिक स्राव, बाल विवाहका जटिलता, प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, यौन रोग जस्ता महिला स्वास्थ्यको विषयमा थारु किशोर-किशोरीलाई प्रशिक्षण दिइएको छ । यो अवसर जुराएको हो, नोबेल मिस्टर एन्ड मिस थारु आइकनले । यही उपाधीका लागि भिडिरहेका ३२ जना प्रतियोगीलाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ बालकृष्ण शाहले प्रशिक्षण दिएका हुन् ।

प्रतियोगिताको फाइनल चरणमा पुगेका २१ जना किशोरी ११ जना किशोरलाई शुक्रबार स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो  । उक्त प्रतियोगिताको अन्तिम छिनोफानो भने असोज १७ गते विराटनगरमा हुनेछ ।

मोरङ सहकारी अस्पतलामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. साहले महिला तथा प्रजनन स्वास्थ्यबारे जानकारी गराएका हुन् ।

महिनावारीका कारणले ८० प्रतिशत महिलाहरुले पिडा महशुष गर्ने गरेको र ९७ प्रतिसत किशोरीहरु यसलाई पीडाका रुपमा लिने गरेको तथ्याङ्कले देखाएको डा.साहले आफ्ना प्रशिक्षणमा बताए ।

डा.साहले महिलाहरुले महिनावारीका समयमा महिलाहरुले शारीरिक वा स्वास्थ्य समस्या भन्दा पनि समाजिक र मानसिक तनाव बढि महसुष गर्ने भएकाले यसलाई कम गर्न अहिलेका  युवावर्ग सक्रिय हुनुपर्ने, महिनावारी सम्बन्धी अन्धविश्वासलाई चिर्न अग्रसर हुन आग्रह गरे ।

नेपालमा सुरक्षित गर्भपतनका सेवा नेपालमा हुदाहुदै पनि असुरक्षित गर्भपतन हुने गरेको र यसैको कारणले ७ प्रतिशत मातृ मृत्यु हुने ड. शाहले बताए । असुरक्षित यौनव्यहारबाट जोगिने र परिवार नियोजनका साधन प्रयोग गर्नाले अनिच्छित गर्भ नरहने र गर्भपतन गराउन नपर्नेमा जोड दिदै गर्भपतन गराउन आवश्यक परेको अवस्थामा सुचिकृत संस्थामा मात्र सेवा लिनुपर्ने सन्देश छर्न आवश्यक रहेको डा.साहले बताए ।

थारू कला संस्कृतिको जगेर्ना गर्नुको साथै थारू सामुदायका किशोर किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा पुगेका प्रतियोगीहरु अहिले बन्द प्रशिक्षणमा छन् । बन्द प्रशिक्षणमा विभन्नि क्षेत्रका विज्ञहरुबाट व्यक्तित्व विकासदेखि आफनो कला संस्कृतिको बारेमा जानकारी गराउँदै आएको थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment