+
+
Shares

सुकुम्बासी समस्या समाधान हुन्छ, शंका नगर्नुस्: मन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १८:२२

३० भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनबारे अनावश्यक हल्ला गरिएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सरकारले लामो समयपछि भूमिसम्बन्धी विधेयकमा रहेका राम्रा पक्षको चर्चा नै नगरेर एउटा विषयलाई मात्र बढी उछालिएको बताइन् ।

‘हामीले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएका छौं’, उनले भनिन्, ‘यसका राम्रा विषय चर्चा नै नगर्ने । तर एउटा विषयलाई अनावश्यक हल्ला गरेर भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका कुरा ओझेलमा पार्ने षड्यन्त्र त भएको छैन कि ? भन्ने शंका उब्जिएको छ ।’

उनले भूमिहीनका समस्या समाधान गर्दैन कि भनेर शंका नगर्न आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्, ‘हामीले बोकेको झण्डा समानताको हो । लामो समय यही एजेन्डा बोकेको व्यक्तिले कार्यान्वयन गर्दैन कि भन्ने आशंका नगरे हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?